
राैतहट – रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रमकाे अन्तिम भेटघाट तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको भएकाे छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित संरक्षण समुदाय संलग्नता तथा बाल स्पाेन्सशिप परियोजना अन्तर्गत समुदाय स्तरकाे रूपान्तरण तथा जीवन उपयोगी आत्मरक्षा सेसनहरूकाे समीक्षा तथा सिकाई कार्यक्रम चन्द्रपुर स्थित गाैतम हाेटेलमा सम्पन्न भएकाे हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि माधवनरायण नगरपालिका कि नगर उपप्रमुख निर्माला देवि रमन थिइन् भने विशिष्ट अतिथिका रुपमा माधवनरायण नगरपालिकाका वडा नं ३का वडा अध्यक्ष तथा पालिका बाल अधिकार समितिकाे संयाेजक राजकुमार यादव, वडा नं २ का अध्यक्ष रामबिश्वास साहले रहेका थिए।
उक्त रुपान्तरण कार्यक्रम गाउँमा भईरहेको लुकेका महिला हिंशा , बाल श्रम र चेलिबेटी जस्ता घटना न्युनिकरण गर्नका सम्बन्धमा छलफल गर्न आयाेजना गरिएको थियो।
कार्यक्रममा रुपान्तरण सहजकर्ता सुस्मिता यादव भावुक हुँदै रुपान्तरण कार्यक्रमले जिबन साथै समुदाय स्तरमा सकारात्मक प्रभाव पारेको बताइन् । बाल हिंसा र संरक्षण सम्बन्धि सवाल जवाफ सम्बोधन गर्न समेत सहयोग पुगेकि उनले बताए ।
रुपान्तरण दातरी शिक्षा ले ल्याईएकाे प्रभावको बारे वडा अध्यक्ष राजकुमार यादवले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए। साथै आजका साना साना बालबालिका भोलि राज्यको स्तम्भ रहेकोले बाल हित र संरक्षकमा सबैको ध्यान जानुपर्ने बताउनु भयो।
कार्यक्रममा आरडिसि नेपालका कोषाध्यक्ष ममता झाले रुपान्तरण सेसनहरु सफलता पुर्बक सम्पन्न गर्न योगदान गर्नुहुने सबै सहजकर्ता, स्थानीय पालिका र कर्मचारीहरुलाइ धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रममा रुपान्तरण सहजकर्ता लाई प्रमाणपत्र र माया को चिनो समेत प्रदान गरिएकाे हाे , स्थानीय जनप्रतिनिधि र पालिकाले पुरायेको सहयोग को कदर गर्दै रुपान्तरण सेसन बाट उत्पादित जनशक्ति र स्रोत आगामी दिनको लागि स्थानीय पालिका लाई नै हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम संचालन हुदाँ सहभागी हुनेहरूले धेरै हर्षित भई सहयोगी संस्था , कर्मचारी , पालिकालाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रमकाे संचालन ग्रामीण बिकाश केन्द्रकाे कार्यकारी निर्देशक देव बिलास यादवले गरेका थिए । त्यस्तै कार्यक्रममा ग्रामिण बिकास केन्द्र नेपालका कर्मचारी वर्ल्ड भिजन नेपालका कर्मचारी , जनप्रतिनिधि र पत्रकारहरूकाे सहभागीता रहेका थिए।
कार्यक्रममा बिच अतिथिहरुलाई सम्मान गर्ने कार्यक्रमकाे समेत आयाेजना गरिएको थियो।





