Tuesday, January 21
Shadow

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

राैतहट – जिल्ला प्रहरी कार्यालय राैतहट गाैरले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ। राैतहट जिल्ला स्थित गाैर दालमिल‌ आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे ।

शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक याेगराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ।

त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई पररलान गरिएको छ।

उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव रेग्मी,अनुसन्धानका प्रमुख चन्दन कुमार झा, उपसचिव भुदेव झा र नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा समेतकाे उपस्थिति रहेको थियो।

फाेटाे फिचर 👇

प्रथम बिजेता प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर
प्रथम बिजेता प्रहरी वरिष्ठ नायब निरीक्षक याेगराज खड्का
दाेस्राे बिजेता प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव
दाेस्राे बिजेता (सशस्त्र) प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिना
तेस्रो बिजेता प्रहरी निरीक्षक लोकेन्द्र जि.सी.
तेस्रो बिजेता प्रहरी जवान शिवनाथ प्रसाद यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *