राैतहट – ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा बिहिबार सम्पन्न गरेको छ ।
असार १० गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गर्दै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गरेको छ।
स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ।
नगरप्रमुख देवीले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका थिए। बिकास कार्य, सिँचाइ, कृषि, सहकारी प्रवद्धन,नदी,नाला, युवाहरुलाई राेजगारीका लागि सिपमुलक तालिम, पर्यटन तथा संस्कृति बिकासका लागि सबै जनप्रतिनिधिहरु तथा स्थानीय एक जुट भई नगरलाई बिकास तर्फ उचाल्न आग्रह समेत गरेका थिए।
यसैबिच कार्यक्रममा निति पेश गर्दै नगरसभा अध्यक्ष काैशल्या देवीले १५ सैंया अस्पतालकाे भवन निर्माणका लागि ११ कठ्ठा जग्गा दिने समेत घाेषणा गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश पटेल , उपप्रमुख माे. परवेज आलम, प्रमुख प्रशासकीय अधिकृत भुदेव झा , नगरका सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी संचारकर्मीहरुको, स्थानीयहरुकाे उपस्थिति रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1