राैतहट – जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यकारिणी समिति राैतहटका अध्यक्ष श्याम बिहारी राय यादवकाे अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको छ ।
सम्पन्न बैठकबाट कार्यकारिणी समितिका लागि देवाही गोनाही नगरपालिका-८ का वडा अध्यक्ष बिजय पटेल सह-सचिवमा र यमुना नगरपालिका गाउँपालिकाकाे जयराम महताे सचिवमा नियुक्त भएका छन्।
जसपा जिल्ला समन्वय समितिकाे रिक्त रहेकाे सचिव र सहसचिव पदमा सर्वसम्मत बाट दुवै जनालाई उक्त पदहरुकाे जिम्मेवारी दिइएको पार्टी अध्यक्ष श्याम बिहारी राय यादवले बताउनुभयो ।
बैठकमा अध्यक्ष श्याम बिहारी राय यादव, उपाध्यक्ष सनीमुल्लाह ,अमृत लाल चौधरी,श्रीमति रन्जु दास , उपसचिव जयराम महताे, शम्भु प्रसाद यादव, दिनेश यादव, काेषाध्यक्षमा वृज माेहन साह, सदस्य अमरुल हक, संजीव कुमार यादव, बिश्वनाथ पटेल,ललन यादव,दिनेश यादव, लगायत अन्य कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो।
( प्राविधिक समस्या कारण केहि शब्द परिवर्तन गरिएको छ। )