सर्लाही – सर्लाही जिल्लाकाे एक गुटका फ्याट्रिमा राजस्वका टाेलीले बुधबार छापामारी मारेकाे छ ।
बुधबार सर्लाहीकाे रामनगर वडा नं ३ स्थित महादेव टाेलमा सञ्चालन रहेकाे एस.एस प्राेडक्टकाे फ्याट्रीमा राजस्वकाे टाेलीले छापामारी मारेकाे छ ।
कमेन्ट प्लस गुटकाकाे फ्याट्रिमा छापामारीकाे क्रममा टाेलीले पुरानो सुपारी , मेसिनहरु र कही पुरानाे कपडा बरामद गरेको हो । बरामद सामग्रीलाई प्रसंसा गर्ने कि भर्सना ! अच्चमकाे सामग्री बरामद गरेको प्रति स्थानीयहरु घाेर निन्दा गरेका छन् ।
‘ठुलालाई चैन सानालाई ऐन’ भने झै कराेडाैंकाे राजस्व छली गर्नेलाई कहिलै छापामारी नगर्ने राजस्व टाेली केही महिना अगाडिनै सञ्चालित फ्याट्रीमा किन पुगेका हुन भनी प्राेडक्टका सञ्चालक संदिप कुमार मिश्रले दु:ख पाेखेका छन् ।
अमृत प्लसले दिएकाे निवेदन अनुसार राजस्व टाेली उक्त छापामारी मारेकाे स्राेतले जनाएको छ । अन्य फ्याट्रीहरुले अवैध रुपमा बिना स्टीकरकाे गुटका बेचबिखन गर्दा समेत राजस्व टाेली केही कार्वाही नगरेकाे र आफु नियम कानुन बमाेजिम गुटका बेचबिखन गर्दा समेत राजस्व टाेलीले छापामारी मारेकाे प्राेप्राइटर संदिप कुमार मिश्रले जनाएको