Saturday, September 14
Shadow

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

राैतहट । सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सडक सुरक्षा सप्ताह २०८० सुरू गरेको छ ।

राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिप प्रज्वलन गर्दै उक्त सप्ताह शुभारम्भ गर्नुभयो । गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो । सप्ताहको शुभारम्भ कार्यक्रममा उनले नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत बताउनुभयो ।

राैतहट सिमावर्ती जिल्ला भएरपनि दिनहुँ भारतबाट सवारी साधन आउने गर्दछन्। पछिल्लो समय राैतहट जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको छ । सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरण आउने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो ।

सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ । २ गते दुर्घटना न्यूनीकरणसम्बन्धी पर्चा पम्प्लेट बितरण, ३‌ गते स्कुल कलेज वा प्रयाेगकर्ताहरुलाई बाटाे काट्न सिकाउने जस्ता कार्यक्रम रहेकाे जिल्ला ट्राफिक कार्यालय राैतहटका प्रहरी नायव निरीक्षक धिरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

यसैगरी ४ गतेदेखि ६ गतेसम्म प्रशिक्षण अभियान, ५ गते बिद्यार्थीहरुलाई ट्राफिक संकेत एवम् लाईटका बारेमा शिक्षा दिने , ७ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र सप्ताह कार्यक्रमको समापन गरिने ट्राफिक प्रहरी कार्यालय राैतहटले जनाएको छ ।‌

बिहान ७ बजे देखि गाैर स्थित बसपार्कबाट शुरु भएको प्रभातफेरी भन्सार कार्यालयमा समापन भएको थियो। उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र तर्फबाट प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिना ,जनपदका प्रहरी निरीक्षक दिनेश कुवँर र राकेश राई , माण्डवी र आरडिसि जस्ता संघ संस्थाहरु,‌ न्यु दियालाेका अध्यक्ष अर्जुन यादव लगायत अन्य कर्मचारी बिद्यार्थीहरुकाे सहभागिता रहेको थियो ।

तस्वीरहरु: प्रेम यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *