Wednesday, October 9
Shadow

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।

दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।

NIC Asia
बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहुँदै सर्वोच्च अदालतको आदेशले ओली सरकार ढलेको थियो। त्यसपछि उक्त गिरोहमा संलग्न भएका गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलगायतको विचल्ली भएको थियो।

पछि शेरबहादुर शेरवहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री भएपछि गृहसचिवमा पनि महेश्वर न्यौपानेलाई हटाएर टेकनारायण पाण्डेलाई ल्याईएको थियो। गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको भन्दै पाण्डेलाई सहयोग गर्न आग्रह गरे।

त्यसपछि यो कुरा खाँड पत्नि मञ्जु, आरजु राणा र शेरबहादुर देउवासम्म पनि पुगेको पाईएको छ। खाँण निकट एक कांग्रेसकासांसदले पनि उनीहरुसँग पैसा लिएको पाईएको छ।

सचिव पाण्डेले अफिसियल्ली आफुले मिलाउने वताएर पैसा लिएको भण्डारीले बयानका क्रममा वताएका छन्। स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र पनि जारी गरेको पाईएको छ। गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले त्यो परिपत्र गरेको पाईएको प्रहरी स्रोतले जनाएको छ।

दाङका सन्देश शर्माले गृह सचिव पाण्डे मार्फत मन्त्री खाँणलाई भेटेर केशव दुलाल, सानु भण्डारीसहितले कुरा गरेको र काम हुनेमा आश्वस्त भएको बयान दिएका छन् । यो सवै विषय ओलीले प्रधानमन्त्री दाहाललाई सुनाएको र एमालेलाई वदनाम गर्ने षडयन्त्र भए भण्डारीको वयान सार्वजनिक गर्ने चेतावनी दिएको स्रोतको दावी छ।

आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएको र देउवाले प्रधानमन्त्रीसँग चासो राखेको स्रोतको दावी छ।

याे पनि पढ्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *