Sunday, July 21
Shadow

कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राति होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *