Sunday, June 23
Shadow

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

काठमाडौं । स्यानेटरी प्याडभित्र लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन् ।

भद्रपुरबाट काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्या श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम लागुऔषध तस्करी गर्न लागेको प्रहरीले जनाएको छ ।

विमानस्थलको चेकिङमा उनी पक्राउ परेकी हुन् । हैटौंडा घर भएका उनीहरु बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेका थिए । उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *