
काठमाडौं । गत बैसाख ७ गते सरस्वतीनगर स्थित व्यवसायी निरा पाण्डे आचार्यको निर्ममता पूर्वक हत्या भयो ।
मृतकको प्रारम्भिक रिपोर्टका आधारमा शरीरभर १७/१८ स्थानमा छुरी घोपेको देखिएपछि प्रहरी झस्किएको थियो । यो लुटपाटको उद्देश्यले मात्र नभई ठूलो रिसाइबीले हत्या हुन सक्ने प्रहरीको अनुमान थियो ।
तर आज प्रहरीले पत्रकार सम्मेलन गर्दै चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका आचार्यको हत्या रिसाइबीको कारण नभई लुटपाटकै उद्देश्यले भएको बताएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट अभियुक्त विनोद विकलाई शनिबार पक्राउ गरेको थियो ।
अभियुक्तले गलाको सिक्रीका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई भर्खरै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
साभार – जनता समाचार
यसअघि –