काठमाडौं – लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमै गएर आत्महत्या गरेकी छन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।
३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरीले जनाएको छ । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।
उनका प्रेमी भनिएका सुजन ढकाल कान्ति वाल अस्पतालका डाक्टर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1