Sunday, July 21
Shadow

निरा आचार्यको हत्यामा संलग्न विक झापाबाट पक्राउ

काठमाडौं – कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झापाबाट विनोद विकलाई पक्राउ गरेको छ ।

एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।

८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *