Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा | Sach Tak Nepal
Monday, March 17
Shadow

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् ।

बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।

तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिरहेका थिए ।उनको बारेमा पनि समाचार आएर छानबिन भए पछि उनलाई बसपार्क स्थित चौकीबाट बाल सुधार केन्द्रमा पठाएको छ। जबकि उनको दरबन्दी सप्रसे इलाम हो ।

त्यसैगरी कपिलवस्तु दरबन्दी भए पनि रूपन्देहीमा घुमुवा बस्दै आएका हवल्दार तारा यादव यसै साता दरबन्दी भएको कपिलवस्तु पठाइएका छन् । उनी अब कपिलवस्तुमा गएर घुमुवा बस्छन् या के गर्छन् त्यो हेर्न बांकी नै छ। त्यसैगरी रूपन्देही लामो समयदेखि नछाड्नेमा सई प्रकाश शाही पनि छन् ।उनी पनि धेरै बर्ष देखि यहाँ राम्रा राम्रा थानाचौकी बस्दै अकुत्त सम्पत्ति कमाउने मध्ये पर्दछन ।

आफ्नो नीजि कार देखि व्यावसाय र आलिशान महल बनाउनेमा पर्दछन। यिनीहरू भने अझै जोगिएका छन् ।लुम्बिनी इप्रकाका निरीक्षक गजेन्द्र रावलले कोइरी थरका सिपाहीलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । कोइरी यसअघि जिल्ला प्रहरी कार्यालयमा घुमुवा थिए। उनले भैरहवाका धेरै व्यापारी र तस्कर चिन्ने भएको कारण पनि रावलले उनलाई घुमुवाको रूपमा परिचालन गरेको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।

रूपन्देहीमा प्रहरीको शुद्धीकरण गर्ने हो भने यी त केही प्रतिनिधि घटना मात्रै हुन यस्ता घटना धेरै छन् र पात्र पनि । यश सम्बन्धमा डिआइजी उमेश राज जोशीले आंफुले सबै नजिकबाट नियालेर बुझिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *