Tuesday, January 21
Shadow

शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।

अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *