Wednesday, October 9
Shadow

ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ

ललितपुर । सामान्य प्रिन्टरबाटनै नक्कली नेपाली नोट प्रिन्ट गरेर बजारमा भित्र्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका– १३ झरुवारासी बस्ने वर्ष ३६ को जिवन भन्ने सुरेश तामाङले पाँच किलो ग्राम मैदा र दुई लिटर खाने तेल किनेर सो बापत जाली नेपाली रूपैया एक हजारको नोट दिएको भनि तत्काल जिल्ला ललितपुर गोदावरी नगरपालिका – १३ झरुवारासी स्थितमा किराना पसल गर्ने दिनेश तिमल्सिनाले फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । जसपछि तिमल्सिनाको किराना पसल अगाडीबाट जिवनलाई खोटा नोटसहित नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले नेपाली रूपैया एक हजारको नोट १ थान, पाचँ सयको नोट १ थान र एक सयको नोट १ थान बरामद गरिएको हो ।

जिवनलाई नियन्त्रणमा लिई मुद्रा सम्वन्धी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट पहिला पटक दिन ५ को म्याद अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा कास्कीको मादि गाउँपालिका– १ स्थायी वतन भएको वर्ष २१ को सुकुटे भन्ने भुपाल बि.क. समेतको संलग्नता रहेको भनि खुल्यो । त्यसपछि प्रहरीले आज उनलाई जिल्ला ललितपुर गोदावरी नगरपालिका वडा नं.– ११ बज्रवाराहीबाट फेला पारेको हो ।

उनको तलासी गर्दा निजले बोकेको पर्स भित्र नेपाली रूपैया पाँच दरको छ १० ७६९२७७ नम्बर उल्लेख भएको नोट एक थान र सय दरको अ २३ ६२२१६७ नम्वर उल्लेख भएको नक्कली जस्तो नोट एक थान समेत फेला परेको हो ।

उनी बस्ने डेराकोठामा समेत खानतलासी गर्दा मुद्रा सम्वन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी / प्रिन्टर मेसिन थान–१ र नेपाली रूपैया एक हजार,पाँच सय र एक सय दरका नोटको फोटो कपि गरिएको कागजातहरू समेत फेला परेपछि निजलाई नियन्त्रणमा लिई सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *