
काठमाडौं – एसीसी प्रिमियर कपको अन्तिम लिग खेलमा सन्दीप लामिछानेको घातक बालिंग सामु कतार घुडा टेक्दै ८९ रनमा अलआउट भएका छन् ।
नेपाले प्रस्तुत गरेको १५८ रनको सानो लक्ष्यलाई पुरा गर्न कतार निरीह बन्दै हार बेहोर्न बाध्य भएका हुन् । नेपालको जित संगै सेमिफाइनलमा सहज प्रवेश पाएको छ ।
नेपालले सुरु देखि नै कतार माथि दबाव बनाएका थिए । नेपाली बलरको दबाव सहन नसकी ८९ रनमा अलआउट भए । नेपालको लागि लेग स्पीनर सन्दीप लामिछाने ५ विकेट, सोमपाल कामी ३ विकेट, ललित राजबंशीले २ विकेट लिएर कतारलाई घुडा टेकाए ।
सन्दीपलाई पाँचौं विकेक दिलाउन गुल्सन झाको उत्कृष्ट क्याचको महत्वपूर्ण योग्यदान रहे । आजको म्याच अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले पाए । नेपाल समुहमा पहिलो स्थान बनाउन सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1