सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको इटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1