Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते | Sach Tak Nepal
Monday, March 17
Shadow

गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

राैतहट – आगलागी नियन्त्रण गर्न गएका बारुण यन्त्र (फायर विग्रेड) मंगलवार मध्य राति दुघटनाग्रस्त भएको छ । उक्त दुर्घटना चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।

गएराति करिब साढे १२ बजे गौर नगरपालिका वडा नम्वर ४ गढवामा आगो लागेको सुचना पाएपछि आगाे नियन्त्रण गर्न तुरुन्त निस्केको बारुण यन्त्र दुर्घटनाग्रस्त भएको हाे । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् ।


सपगढा र गढवाको बिचमा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको बारुण यन्त्रले कोल्टे फेर्र्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्यहरु गम्भीर घाईते भएको गौर नगरपालिकाको कार्यालयबाट बुझिएको छ ।
दुर्घटनामा परेका चालक करिम अन्सारी, दमकल प्रहरीहरु प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाईते हुँदा जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाएर उपचार भइरहेको तथा सामान्य घाइते दमकल प्रहरी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

विरगंज पठाइएकाहरुको ढाड, खुटा, हात, छाती र टाउकोमा गम्भीर चोट रहेको हुँदा उनीहरुलाई राम्रो उपचारको लागि विरगंज पठाइएको गौर अस्पतालले जनाएको छ ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय गौर र स्थानीय बासिन्दाहरुले घाइतेहरुलाई बाहिर निकालेर उपचारको लागि पठाइएको जानकारी दिदै नेपाल प्रहरीका प्रवक्ता एवं डिएसपी घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

यसैविच, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले मानविय सेवामा हिडेका बारुण यन्त्र दुर्घटनामा परेर गम्भीर घाईते भएका साहसी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाबाट व्यहोर्ने बताए । आफनो ज्यानको पर्वाह नगरी रातिको समयमा आगो निभाउन गएकाहरु बारुण यन्त्र दुर्घटनामा परेको समय देखि निरन्तर रुपमा घाइतेहरुलाई बारुण यन्त्रबाट सुरक्षित निकाल्ने, उपचारको लागि पठाउने लगायतको कार्य गरियो । दुर्घटनाको अहिले सम्म ठोस कारण नखुलेपनि ब्रेक फेल भएको हुन सक्ने आशंका उनले गरे ।



तराईटपकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *