
प्रेम यादव,
रौतहट – नयाँ सरकार बनेसँगै मुलुकमा सुशासन, विकास र समृद्धिको आशा गरिए पनि त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गइरहेको छ । निर्वाचन सम्पन भएर नयाँ सरकार बनेको १ सय दिन बितिसक्दासमेत सरकारले अझै पूर्णता पाउन सकेको छैन । सय दिनलाई सरकारको मधुमासको अवधिका रुपमा लिने गरिन्छ र सोही अवधिका आधारमा समीक्षा गर्ने गरिन्छ । बडो दुःखका साथ भन्नुपर्छ, सरकारको सय दिन अत्यन्तै निराशाजनक देखिन्छ । यस अवधिमा सरकारले आमजनताले राहत पाउने खालका र जनजीविकाका पक्षमा एउटै पनि कार्यक्रम ल्याउन सकेको देखिएन । उल्टै जताततै भ्रष्टाचार र अनियमितताका विषयहरु आइरहेका छन् । अझै पछिल्लो समयमा सीमा नाकाबाट तस्करी हुने क्रम बढेका विषयहरु प्रि सार्वजनिक भइरहेका छन् ।
तस्करीमा रौतहट जिल्ला पनि कहाँ पछाडी छुटने छ र ? रौतहट मधेश प्रदेशको एक सिमावर्ती जिल्ला हो । भारतसँग जोडिएको गौर बैरगिनियाँ सिमा नाकामा तस्किरी भएको खबर आज भोली हेर्न कुनै अफ्ठयारो छैन् । ठुलालाई चैन, सानालाई ऐन भने झै रौतहटमा सानालाई एक बोरा चावल समेत प्रतिबन्ध छ तर त्यही पावर र पहुचका आधारमा दिनहुँ ट्रक देखि पिकअप सम्म छुट छ ।
भारतबाट भन्सार छली गरि नेपालको गौरबाट बस, टेम्पु, अटोको प्रयोग गरेर विभिन्न ठाउँमा तस्करी हुने गरेको छ । चिनी नेपालमा प्रतिबन्ध भनिएपनि प्रयोगमा आउन सकेको छैन् । गौर भन्सार देखि चपुर सम्म लाइननै दिएको छ । भन्सार छली गरि सामान नेपाल भित्रियाई चिनि र मैदाको बोरालाई लेबल परिवर्तन गरि फर्जि बिल बनाई समान ओसार पोसार भइरहेको एक स्रोतले सचतक नेपाललाई जानकारी दिए । फर्जि बिल बनाएपछि सामान बसपार्क जान्छ , जसपछि बस, टेम्पमा समान लोड गरि समान रौतहटका विभिन्न ठाउँमा जाने गरेको छ । यति ठुलो सेटिङ्ग समान्य व्यतिmले कहाँ गर्न सक्छ र ? यसमा साना प्रहरी देखि ठुलाबडा समेतले पैसा लिने गरेको स्रोतले जानकारी दिए ।
उदाहरण स्वरुप मंलवार गौर पार्कमा रहेको गाडी नं. ना १ ख ५६९० मा ७ बोरा मैदा र २ बोरा चिनी रहेको खबर सचतक नेपाललाई आयो । सचतक नेपालले सो खबर प्रहरीलाई जानकारी गरायो तर गौर बस पार्कमा अवस्थित प्रहरी चौकीकै सहयोगमा उक्त गाडीबाट समान निकाली पुन : अर्को बस नं. ना ४ ख २६९७ मा राखियो । ४ बजे सो गाडी बसपार्कबाट छुट्यो । उक्त सामानको फर्जि बिल समेत बनाइएको थियो । प्रहरीले चाहेको भए सजिलै समान नियन्त्रणमा लिन सक्थ्यो तर त्यसो गरिएन् । किन होला त्यसो ? कसले गराउँदैछन् त्यस्ता तस्करी, क–कसले पैसा लिन्छन् त ? प्रश्न धेरै छन् तर जवाफ दिनेहरु चुपी लगाएर बसेका छन् ।
यो तस्करी मात्र उदाहरण थियो । रौतहटमा यस्ता कति तस्करी ठुलाबडाकै सहयोगमा दिनहुँ हुने गरेको छ । बडो दुखकोसाथ भन्नुपर्छ कि प्रशासन समेत मिलेर यस्ता तस्करीलाई बढावा दिरहेका छन् । त्यति मात्र नभएर कपडा, लागुऔषध, खाद्यान्न समाग्री जस्ता थुप्रै तस्करहरुले लाईन लिई सामान ओसार पोसान गर्नेगरेका छन् ।
*गाेपनियताकाे हिसाबले केही कुरा सच्चाइएकाे छ ।