
राैतहट – जिल्लाकाे माधवनारायण नगरपालिका एक गाउँ आगलागी हुँदा १४ वटा कच्ची घर जलेर नष्ट भएको छ ।
आइतबार करिब साढे दुई बजेको समयमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा आगलागिबाट १४ वटा कच्ची घर पुर्ण रुपमा, १ वटा घर आंशिक रुपमा जली क्षति भएको छ । उक्त आगलागिमा २ वटा बख्रा र १ वटा खसी जली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता उमाशंकर यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो । साेही आगलागीमा परी १ जना वालिकालाई समेत आगोको रापले हातमा पोली सामान्य घाईते भएको प्रवक्ता यादव जनाएका हुन् ।

आगलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकल निभाउने कार्य भईरहेको विज्ञप्तिमा उल्लेख छ । आगलागी बारे थप विवरण आउन वाकी रहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1