Sunday, July 21
Shadow

धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ

धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाले ९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा मंगलबार ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी जिरोमाइलको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा लुकीछिपी बसेको सूचनाको आधारमा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

जिप्रका धनुषाले दिएको जानकारी अनुसार पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *