
काठ्माण्डाै – नेपाल प्रहरीकाे सर्बाेच्च पद प्रहरी महानिरीक्षकसम्मकाे जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेर ३० वर्षे सेवा अवधिका कारण आइजीपी धिरज प्रताप सिंह आजै विदा हुने औपचारिक कार्यक्रम रहेकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, २०७९ चैत १० गते शुक्रवार अपरान्ह ४ बजे विशेष विदाइ कार्यक्रम तय गरिएकाे ।
आइजीपीकाे जिम्मेवारी हाेस् वा जुनसुकै पदकाे जिम्मेवारी किन नहाेस् निर्वाह गर्दा प्रहरी अनुशासन, व्यवसायिक मर्यादामा रहेर राष्ट्र, संगठनप्रति बफादार रहेर विवादमा नपरी आइजीपी पदमा लगभग ११ महिना कार्यसम्पादन गरेर विदा हुन लागेका हुन् ।
नेपाल सरकारले २०७९ वैशाख १८ गते एआइजीपी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीकाे आइजीपी पदमा नियुक्त गरेकाे थियाे ।
प्रचण्ड नेतृत्वकाे सरकारले आइजीपी धिरज प्रताप सिंहकाे उत्तराधिकारी नियुक्त नगरेकाले वरिष्ठ एआइजीपी डा. आशा सिंहलाई निमित्त आइजीपीकाे जिम्मेवारी हस्तान्तरण गरेर विदा हुनेछन् ।
आइजीपी धिरज प्रताप सिंहकाे विदाइ कार्यक्रम र मन्त्रिपरिषदकाे बैठक पनि दुबै एकै समयमा चैत १० गते अपरान्ह ४ बजे रहेकाले नयाँ आइजीपीकाे पद वहाली ४ बजे अघि नै हुने सम्भावना कम रहेकाे छ ।