Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा | Sach Tak Nepal
Tuesday, March 25
Shadow

छोराकाे हत्याबारे न्याय खाेज्दै आमाबुबा

राैतहट – छोराको हत्या भएको ७ महिना बितिसक्दा समेत प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।

रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडलवाका कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको भन्दै मृतकका आमा बुबाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय गौरको अगाडि नै आमरण अनशन बस्ने बताएका छन्।

न्याय पाउनको लागि आफूहरुको ज्यान गए पनि आफूहरु लडिरहने मृतकका मातापिताले संचारकर्मीहरुसित बताएका छन् । छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि दिनहुँ लगभग ६ महिनादेखि जिल्ला प्रहरी कार्यालय गौरमा धाइरहेको मृतकका ६० वर्षीय बुबा कृष्ण यादवले बताएका छन्।

मृतकका बुबाका अनुसार छोराको गाउँकै एकजना केटीसँग प्रेम भएको थियो । त्यो केटीले मोबाइलमा फोन गरि सुनसरी जिल्लाको इटहरीमा एक कन्ट्रक्सनमा कार्यरत रहँदाको अवस्थामा छोरालाई बोलाएको थियो त्यहीँ दिन हत्या गरिएको थियो । गत असोज १४ गते दशैको पञ्चमी दिन बेलुकी षड्यन्त्रपूर्वक ढंगले सीमावर्ती क्षेत्रमा ललाई फकाइ लगेर नेपालमा हत्या गरि घटनालाई लुकाउने प्रमाणहरू केही नभेट्ने उदेश्यले भारत बिहारको सीतामढी जिल्लाका बैरगनिया सहप्रखण्डको मसहा गाउँ नजिक रहेको रेल्वे पटरीमा शव राखेको यादवले बताएका छन्।

गाउँकै एक युवतीसित गत चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका छोरालाई तिनै युवतीका आफन्तले हत्या गरेको आरोप यादवको रहेको छ।

मृतकका बुवा यादवका अनुसार छोराको हत्या भएको ६ महिना बित्दा पनि न्यायको कुनै आशा नदेखिएकोले आफूहरु पूर्णतया निराश बनेका छन्। छोराको हत्या भएकै समयदेखि प्रहरी कार्यालय धाइरहेको तर प्रहरीले अनुसन्धान कार्य अगाडि नबढाएको आरोप यादवको छ।

प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिए पनि त्यसमा उल्लेखित व्यक्ति दोषी हो कि होइन भने ल्याएर अनुसन्धान गर्न भन्दाभन्दै पनि न जाहेरी दर्ता गर्न प्रहरी मान्छन्, न हामीले भनेको अनुसार शंकास्पद व्यक्ति माथि छानबिन गर्न तयार हुन्छ, अब छोराको हत्यारा पक्राउ गर्न असफल रहेको प्रहरी अगाडि हामी दुबै बुढाबुढी केही दिनभित्रमा आमरण अनसन बसेर भोकभोकै आफ्नो पनि ज्यान त्याग्न तयार रहेको यादव दम्पत्तिले बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता उमाशंकर प्रसाद यादव अनुसार प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। पिडत पक्षले किटानी जाहेरी हालसम्म नदिएकाे र आशंकाकाे आधारमा हामी पुर्णरुपले अनुसन्धान गरिरहेको समेत उनले बताउनुभयो ।

पिडितले दिएकाे निवेदन अनुसार हामी अनुसन्धान गरिरहेको र प्रमाण फेला पर्नुसाथ हत्यारालाई कारबाही गर्ने समेत प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर प्रसाद यादवले टेलिफोन सम्पर्क मार्फत‌ सचतक नेपाललाई जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *