राैतहट । १५ वर्ष जेल चलान भएका व्यक्ति कारागारबाट बाहिर बजारमा घुम्दै गरेको खबर चर्चामा आएकाे छ।
राैतहटकाे सदरमुकाम गाैर स्थित जिल्ला कारागार कार्यालयमा लागु औषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय काटिरहेका व्यक्ति बाहिर घुमी रहेकाे दृश्यले पुनः प्रहरी माथि प्रश्न चिन्ह खडा गरेको छ।
सजाय काटिरहेका बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक-पटक कारागारबाट खुल्याम बाहिर घुमि रहेका छन् भनेर सबैले समाजिक सञ्जालमा लेख्दैछन् ।
गौर नगरपालिका भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ । त्यस्तै होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको हो पनि खुलासा भएको हो । घर पुगेर पुनः जेल फर्किरहेको क्रममा रौतहट जिल्लाको परोहा नगरपालिका – ४ लौकाहा बजार स्थिति मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएको खबर पनि प्रष्ट भएको छ । मदिरा सेवन गरी माेटरसाइकल चलाएको कारण दुर्घटना भएको चर्चा छ ।
मोटरसाइकल दुर्घटना हुदा खुट्टा समेत भाचेको नाईके यादव अहिले उपचार पर्सा जिल्लाको बिरगंजमा उपचार गराइरहेका छन् ।
कारागार भित्र रहेका प्रहरीका चाैकिदारलाई जिल्ला तानेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले टेलिफोन सम्पर्क मार्फत सचतक नेपाललाई जानकारी दिनुभयो। नाइकेले सामान खरिद गर्न प्रक्रिया पुरा गरि केही समयका लागि बाहिर जाने नियम छ तर यदी नियम विपरित गएको प्रष्ट भएपछि कानुन बमोजिम सजाय पाउने समेत उनले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
1