Friday, February 7
Shadow

विवाद हुँदा राैतहटमा दुई जनाको मृत्यु

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा सामान्य विवाद हुँदा दुई जनाको मृत्यु भएको छ ।

मदिरा सेवन गरेर सामान्य विवाद हुँदा राजदेवी र माैलापुर नगरपालिकामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजदेवी नगरपालिका वडा नम्वर १ पथराभगवतीमा बिहीबार दिउँसो ३ बजेतिर २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ९ लवतानाका २० वर्षीय गणेश यादव र गजेन्द्र दासबीच बुधबार दिउँसो विवाद भएको थियो । गणेश यादवले गरेको निर्घात कुटपिटबाट गम्भीर घाइते भएका दासको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् फरार रहेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले बताए ।

त्यस्तै,जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधराममा बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय संजय महतो र नरेश महतोबीच विवाद भएको थियो ।

उनीहरुबीच भएको सामान्य विवाद चर्काेपछि संजयले गरेको चक्कु प्रहारबाट ४१ वर्षीय नरेश महतोको गम्भरि घाइते भएका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएको उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा ल्याएपनि उपचार सम्भव नभएको कारण थप उपचारका लागि नरेशलाई विरगञ्ज लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपी संजय महतोसहित घटनामा संलग्न रहेका ५ जानालाई ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *