Wednesday, January 15
Shadow

डा. सज्जन स्वास्थ्य विभागकाे उपप्रमुखमा नियुक्त

जनकपुरधाम । नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले चिकित्सक डा. सज्जन ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरेको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) (ग) बमोजिम महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई स्वास्थ्य विभाग उपप्रमुखमा नियुक्त गरिएको पत्रमा भनिएको छ ।

स्वास्थ्य प्रमुख शर्मिला थापाले आइतबार एक पत्र लेख्दै डा. ठाकुरलाई विभागको उप–प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभयो ।

‘स्वास्थ्य विभागको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउनमा तपाईँ डा. सज्जन ठाकुरको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’पत्रमा उल्लेख छ ।

उनी सफल चिकित्सक संगसंगै राजनीतिमा पनि अव्वल पार्टीका एक कार्यकर्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *