Saturday, September 14
Shadow

शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न

प्रेम यादव
गौर । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा नगरपालिकाका प्रमूख, उपप्रमूख,वडाअध्यक्ष तथा सदस्यहरु लगायत संचारकर्मीहरु बिच कार्यक्रम आइतबार सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतवार सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के–कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यका बारेमा अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रममा गौर नगरपालिकाका पुर्व उपप्रमुख किरण ठाकुरले पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने, एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा सहजिकरण गर्नुपर्ने बताउनु भयो ।

सो कार्यमा आफुहरुको पुर्ण साथ र सहयोग रहने पुरुष जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत गरेका थिए । माण्डवीको सहजिकरणमा मधेस प्रदेशको रौतहटसहित बारा, रौतहट, महोत्तरी र धनुषा जिल्लाका २८ पालिकाहरुमा महिला नेतृत्व कार्यक्रम संचालन भैरहेको र यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने उद्देश्य लिएको माण्डवीका सञ्चालक अन्जु झाले बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवको अध्यक्षतामा गौर नगरपालिका स्थित समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा माण्डवीका प्रतिनिधि लगायत जिल्ला निर्वाचन कार्यालयका अधिकारी छोटेलाल दास,गौर नगरपालिकाका उप–प्रमुख शैलकुमारी साह, बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप यादव, गरुडा नपाका नगरप्रमुख कन्थमणि प्रसाद जैसवाल, नेपाली काग्रेंसबाट चिरंजीवि सिंह, गौर नगरपालिकाका पुर्व उपप्रमुख किरण ठाकुर तथा विभिन्न पार्टीबाट प्रतिनिधित्व गरि रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *