प्रेम यादव,
राैतहट – समनपुरमा प्रत्येक वर्षझै यसवर्ष पनि फागु बैरिया मेलाकाे आयाेजना हुने भएको छ।
हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ तयारी थालिएको गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।
राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग जाेडीएकाे समनपुरकाे पनि आफ्नै इतिहास रहेको छ । यद्यपी समनपुरकाे इतिहास कागजमा लेखिएका मसीझै बिस्तारै लाेप हुदै गयाे ।
आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाकाे तयारी बारे जानकारी दिएका हुन्। याे मेला फागुन १९ देखि २३ सम्म हुने तय गरिएको हाे ।
परम्परागत र निरन्तर रुपमा आयाेजना हुने फागु मेलाकाे लागि यसवर्ष तयारी धुमधामका साथ हुन थालिएकाे । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर मेला लाग्ने गर्दछ।
” हाम्राे संस्कृति, हाम्राे परम्परा, समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महाेत्सव २०७९ ” मुल नाराका साथ मेलाकाे तयारी धुमधामका साथ हुने गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बताउनुभयो । हाम्राे संस्कृति नै हाम्राे पहिचान भएको कारण यसलाई जाेगाउनु पर्ने समेत उनले बताउनुभयो।
एक सातासम्म सञ्चालन हुने ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानीय कला, साहित्य, संस्कृति, पर्यटन र ऐतिहासिकताकाे प्रवर्द्धन गर्न पालिकाकाे लक्ष्य रहेको छ।
याे मेलाकाे उदेश्य नेपालीहरुले ब्रिटिश सेनालाई समनपुरबाट लखेटेकाे ऐतिहासिक दिनकाे सम्झना गराउनु, नेपालकै गाैरवशाली इतिहासकाे संरक्षण र प्रचार गर्नु, स्थानीय उत्पादनहरुकाे प्रवर्द्धन गर्नु, स्थानीय संस्कृतिकाे संरक्षण गर्दै प्रचारप्रसार गर्नु , स्थानीयखानाकाे प्रवर्द्धन गर्नु, स्थानीय व्यवसायकाे विकास गर्नु आदि रहेकाे पालिकाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले जनाएकाे छ। पालिकाले मेलाका लागि करिब २० लाख बजेट छुट्याएको हाे । तर बजेट भने अझै पुर्णरुपले अधिकारी पुष्टि नभएको समेत प्रवक्ता श्रेष्ठले बताए ।
समनपुरकाे इतिहास..
नेपालकाे दाेस्राे ठुलो मन्दिर गढीमाई नगरपालिकामै अवस्थित छ । साे मन्दिरकाे नाम गढीमाई राखिएकाे हाे । खासमा राैतहटकै पुरानाे र नेपाल-अग्रेंज युद्ध भएको युद्धस्थल समनपुर बजार रहेकाे इतिहास हाे । जसकाे ऐतिहासिक नाम लडैया समनपुर रहेकाे छ ।
नेपाल-अग्रेंज युद्ध भएको युद्धस्थलमा रहेकाे किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि गढीमाई नगरपालिकाकाे बिशेषता झल्काउने गर्दछ । पाँच वर्षमा लाग्ने नेपालकै दोस्रो ठूलो गढीमाई मेलामा आउने लाखाैं धार्मिक पर्यटकहरुकाे घुइँचोले पनि नगरपालिकाकाे चिनारीलाई प्रष्ट्याएको छ।
ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेकाे मेलामा लाखाैं अवलाेकनकर्ताकाे सहभागिता हुने अपेक्षा गरिएको छ। हरेक वर्ष आयाेजना हुने याे मेला नगरपालिका आफै एक्लै गर्दै आएको थियो।
आइतबार आयाेजित पत्रकार सम्मेलनमा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव, प्रवक्ता दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्ष साथै जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुकाे उपस्थिति रहेको थियो।