Saturday, September 14
Shadow

पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

माघ १‌ कालाेदिन । खुशीकाे दिनमा मुटु चिर‌ हुने एउटा घटना‌ जसले इतिहासमै नाम दर्ज गरायाे । पाेखराका लागि काठमाडौँबाट छुटेका , निर्धक्क एयरलाइन्स माथि भराेस राख्दै विमानमा सफर गरेका ती यात्रहरु ।

माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ ।



‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी पढ्नुहोस्।

‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।

इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग्दाखेरि पुरानो एयरपोर्ट आसपास आइपुग्दा बेसलेग फेदर हुँदा तथा इन्जिनमा पावर नभएकोले जहाज नयाँ एयरपोर्टसम्म आइपुग्न सकेन । यसपछि जहाजको आफ्नो मोमेन्टमले जहाँसम्म उहाँहरू पुग्नुभयो, त्यहाँ दुर्घटना भएको देखियो ।

तर दुर्घटना २ कारणले भएको हुनसक्छ । प्राविधिक कारण पनि हुन सक्छ र मानवीय त्रुटि पनि हुन सक्ला । त्यसैले सबै पाइलट, जहाज बनाउने इन्जिनीयर सबै चनाखो हुनुपर्छ भनेर हामीले तत्काल विज्ञप्ति जारी गरेको हो ।

यसका धेरै प्यारामिटरहरू छन् । ती सबैलाई हेरेर अनुसन्धान गर्दैर्छौं । धेरै प्यारामिटरबाट इन्जिन प्रोपेलर फेदरमा गइसकेको प्रमाणित भइसकेको छ । हामीले ती प्रमाणका आधारमा अहिले सूचित गरेका छौं । मावनीय त्रुटिका विषयमा अहिले नै भन्न मिल्दैन । यसका लागि अहिले धैर्य गरौं ।

प्रोपेलर फेदर गएर टर्फ नभएको चाहिँ पक्का हो । इन्जिनले धकेल्नुपर्‍यो नि त ! इन्जिनले पछाडि हावा फाल्नुपर्‍यो । फेदर कन्डिसनमा इन्जिनले पछाडि हावा फाल्दैन । हामीले गाडी र मोटरसाइकलको हेर्‍यौं भने स्टार्ट भइरहने र न्युट्रल पोजिसनमा रहिरहने अवस्था जस्तै हो । त्यो अवस्थामा जहाजको इन्जिन पुग्यो । किन पुग्यो ? यो कुराको हामी अनुसन्धान गर्छौं ।



हामी सिंगापुरबाट फर्कियौं । अब थप अध्ययन तथा विश्लेषण हुन्छ । दुईवटै इन्जिनले पछाडि हावा फालेर जहाज अघि बढ्नुपर्ने त्यसो हुन सकेन । फेदर भनेको प्रोपेलर ९० डिग्री पोजिसनमा बस्छ । यसले गर्दा विदेशी अध्ययन टोली र हाम्रो टोलीले निष्कर्ष निकालेको हो । दुईवटै इन्जिन एकैचोटी त्यो अवस्थामा जाने कुरा अचम्मको कुरा हो ।

प्राविधिक कुराबाट यस्तो सम्भावना धेरै कम हुन्छ तर सम्भावना हुँदैन भन्न पनि मिल्दैन । यसकारण मानवीय पक्षहरू र प्राविधिक पक्ष दुवैलाई हामीले कारणको रूपमा खुला गरेका छौं ।

छानबिन आयोगले यसपटक सत्यतथ्य नै बाहिर ल्याउँछ । हामीले हाम्रो बुवाआमा, छोराछोरी, नातिनातिनालाई जहाजमा ढुक्कले उड्न सक्ने बनाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *