Sunday, July 21
Shadow

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् ।

आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् ।

मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *