Sunday, July 21
Shadow

भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी

जनकपुर – जनकपुरधाम उपमहानगरपालिका–२ मिल्स शिवचोक भानुचोक सडकखण्डस्थित सीताशरण साहको घरमा आगलागी भएको छ ।

शनिबार दिउँसो घरको निर्माणाधीन दोस्रो तलामा आगलागी भएको थियो । आगलागीमा परी लत्ता– कपडा,भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको छ । निर्माणाधीन कोठामा थोरै सामान रहेको र आगालागी भएको पाँच मिनेटमै बारुणयन्त्र पुगेर आगलागीलाई नियन्त्रणमा लिएकोले थोरै क्षति भएको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वारुणयन्त्र तथा स्थानीयवासीहरुको सहयोगमा आगालागीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *