Sunday, June 23
Shadow

व्यस्त बानेश्वरमा भेटियो बुवाछाेरीकाे शव

काठमाडौं – काठमाण्डाैको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।

छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *