Sunday, June 23
Shadow

पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा

प्रेम यादव,

गौर – डाँका चोरी र ज्यानमार्ने उद्योगमा फरार दुई जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार पक्राउ गरेको छ ।

रौतहटको गौर नगरपालिका–२ स्थित लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी दिनुभयो । उनका अनुसार फरार अभियुक्त जिल्ला रौतहट गौर नगरपालिका ५ कोइरीयाटोल बस्ने लालकिशोर यादवको छोरा अन्दाजी १९ वर्षीय राहुल यादव र अर्को गौर नगरपालिका ४ बस्ने जुगा राय यादवको अन्दाजी १९ वर्षीय छाेरा रवि यादव रहेका थिए ।

बुधवार करिब ३ बजे रौतहट प्रहरीले सर्च अप्रेशन गर्दै जाँदा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयबाट कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात कटिएर घाइते भएको विज्ञप्तिमा उल्लेख छ । घाइते पश्चात प्रहरीले ५४–टाइप ठुलो चाईजिन पेस्तोलबाट १ राउण्ड हवाई फायर समेत गरेको थियो ।

अर्को फरार अभियुक्त रवि यादवलाई प्रहरीले बिहिवार गौर–४ मा लुकी छिपे बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुई फरा अभियुक्तबाट चक्कु–१ थान र कैची १ थान समेत बरामद गरेको थियो । राहुल र रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी उमाशंकर प्रसाद यादवले विज्ञप्ति मार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
3
+1
1
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *