
गाैर – राैतहट प्रहरीले मंगलबार जिल्लाकाे सदरमुकाम गाैर स्थित एक डेरी उद्योगमा छापा मारेकाे छ। छापा मारीकाे क्रममा प्रहरीले ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेकाे थियो।
उक्त अखाद्यद वस्तु जनावरकाे बाेसाे (चर्वी) रहेकाे समाजिक सञ्जालकै एक भिडियोमा प्रष्ट देखिन्छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा छापा मारेका थिए। उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल गाैरमा आफ्नै घरमा डेरी संचालन गरेका शेख समिम , उनका भाई माे. माेतिउल्ला , त्यहाँका स्थानीय बच्चा खानकाे छाेरा अन्दाजी २४ वर्षीय इफान खान र गरुडा नगरपालिका-८ शेख फकिरकाे छाेरा अन्दाजी २३ वर्षीय माे.समसे आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

कार्यमा संकलन ४ जनालाई कालाेबजारी मुद्दामा म्याद थपका लागि सम्मानित जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले टेलिफोन सम्पर्क मार्फत सचतक नेपाललाई जानकारी दिनुभयो। आज जिल्ला प्रशासन कार्यालय, प्रहरी टाेली , गाैर नगरपालिका ,कर कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, पत्रकार, वडा अध्यक्ष, उद्याेग वाणिज्य संघका प्रतिनिधिहरु र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाबाट खटि आएका खाद्य निरीक्षक समेतको राेहवरमा सिल खाेली नमूना परीक्षणका लागि पुन सिल गरी पठाइएको समेत उनले जानकारी दिए ।
प्रहरीकाे अनुसन्धान अनुसार विभिन अखाद्य पदार्थ भारतबाट विभिन्न चोेर बाटो भएर नेपालमा भित्रयाइएको बुझिएको छ ।उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिने घिउ गौर, काठमाडौं सहित मुलुकको विभिन्न भागमा सप्लाई गर्ने गरिएका थिए । अखाद्य पदार्थ मिसिएका घिउ, दुध, मिठाई लगायतका सामान किन्न ठूलो भिड हुने उक्त डेरीको कर्तुत थाहा भएपछि गौर नगरवसीहरु चकित भएको स्थानीय समाजसेवीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सुचनाको आधारमा प्रहरीले छामा मारेको स्वीकार्य गर्दै त्यहाँ बरामद भएको अखाद्य बस्तुहरुको परिक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दाषिहरुलाई कारवाही गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव शरिरलाई हानी पुर्याउने खाद्य पदार्थमा अखाद्य बस्तुहरु मिसावट गरेर विक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फुलतारा डेरी उद्योगमा छापा मारिएको बताउनुभयो। बरामद भएको बस्तुहरुको परिक्षण गरेर कानुन बमोजिम कारवाही हुने स्पष्ट पारे ।
यता विभिन्न धर्मावालीहरुले ज्ञापन पत्र र उक्त कार्य गर्नेलाई सजायकाे माँग गर्दै नाराबाजी समेत गर्न थालेकाे देखिएको छ। विश्वास गरेर दुध, दही, मिठाई इत्यादि किनेर पुजा गर्ने समेत रहेका स्थानीयहरु आक्राेसित बनेका छन् ।
केही साता अघि यस्तै अखाद्य पदार्थ मिसिएका घिउ रौतहटको इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले २७ वटा ड्रम बरामद गरेका थिए । उक्त अखाद्य घिउ फुलताराकै रहेको समेत खुल्नमा आएकाेहाे ।
