
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ ।
मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् ।
जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1