Friday, February 7
Shadow

विश्वकै ज्येष्ठ वृद्ध व्यक्तिकाे निधन

पेरिस – संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ ।

रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।

दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *