
महाेत्तरी – महोत्तरीको औरहीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत अवस्थामा भेटिएको हाे ।
सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार बिहान ११ बजेतिर इँटा भट्टामा परालको छाप्रोभित्र फेला परेको प्रहरीले जनाएको छ । निजको हत्या गरि सो स्थानमा राखिएको आशंकामा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।
मृतक झाको बायाँ आँखा पनि फुटेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1