Sunday, July 21
Shadow

अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् ।

सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् ।

एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी एम्मा बुर्चले गोल्ड कोस्ट बुलेटिनलाई बताइन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *