नेपालगन्ज – नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बला’त्कार गरेको घटना बाहिर आएको छ ।
पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।
त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडितले बताएकी छिन् ।
मादक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार करणी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।
मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौन रोगपनि लाग्नसक्छ । मादक पदार्थले मातेका १९ जनाले पालैपाले बलात्कार गरेका छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृत्युदण्ड दिइयोस् । मृत्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।
स्रोत: चाेथाले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1