Tuesday, June 18
Shadow

गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

राैतहट – करेन्ट लागेर रौतहटको गरुडामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेल रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले जनाएको छ । प्रहरीका अनुसार तरहरी खाेलामा माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेल करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।

गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

मृत्यु पछि पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *