
राैतहट – सुरक्षाका लागि दिनरात खटिएका प्रहरी कर्मचारी र थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि प्रहरी कार्यालय राैतहटले नि:शुल्क शिविरकाे आयाेजना गरेकाे छ ।

बढ्दै गएको चिसाेयाममा जिल्लाकाे विभिन्न ठाउँमा कार्यरत प्रहरी कर्मचारी र कैदमा रहेका थुनुवाहरुकाे स्वास्थ्य परीक्षणका लागि आज जिल्ला प्रहरी कार्यालय राैतहटकाे प्रांगणमा एकदिने शिविर आयोजना भएको हो । प्रहरी कार्यालय राैतहट र समुदाय प्रहरी सेवा केन्द्र गाैरले साे स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे हाे ।

प्रादेशिक अस्पताल गाैरका स्वास्थ्य कर्मचारीहरुले स्वास्थ्य परीक्षणमा सहयोग गरेका थिए।

साे शिविरमा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, प्रहरी निरीक्षक दिनेश बहादुर कुवंर, प्रहरी निरीक्षक राकेश राइ , प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही साथै ट्राफिक प्रहरी कार्यालय राैतहटका कर्मचारी लगायत अन्य सुरक्षाकर्मीहरुकाे उपस्थिति रहेको थियो।

यसैबिच जिल्ला प्रहरी कार्यालय राैतहटले फेरी भेटौला कार्यक्रम सम्पन्न गरेकाे छ । विगत २७ महिना देखि राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रौतहटको कार्यालय प्रमुखको रुपमा कार्यरत मुकुन्द बहादुरु खडका ज्यूको आगामी कार्यकालको शुभकमना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार उनकाे सरुवा वरफ वाग सिंहदरवार काठमाण्डौ राष्ट्रिय अनुसन्धान विभागमा भएको हाे ।