Sunday, July 21
Shadow

११८ कार्टुन मदिरा बाेकेकाे गाडी‌ सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा

राैतहट – गएराति सशस्त्र प्रहरी बल बेलबिछवाले अबैध मदिरा बाेकेकाे गाडी नियन्त्रणमा लिएको छ।

आइतबार राति करिब ९‌ बजेकाे समयमा रौतहट जिल्लाको राजदेवी-९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएका टाेलीले ११८ कार्टुन साेफी मदिरा बरामद गरेको छ।

बि.ओ.पि. र प्रहरी चाैकी बेलबिछवाकाे संयुक्त टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको बिआर २९ एस ९४०४ नम्बरकाे भारतीय बाेलेराे राेकी चेकजाँच गर्दा अन्दाजी मूल्य १ लाख २० हजार बराबरको ११८ कार्टुन साैफी मदिरा बरामद भएको हाे ।

प्रहरी चौकि बेलबिछवा बाट प्र.स.नि. श्री किशोर ठाकुर र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा टाेलीले‌ अन्दाजी मूल्य ५ लाख बराबरको बाेलेराे गाडी र १ लाख २० हजार बराबरको साैफी कुल ६‌ लाख २०‌ हजार बराबरको मदिरा र गाडी‌ नियन्त्रणमा लिएको छ।

चेकजाँच गर्ने क्रममै चालक फरार भएको समेत प्रहरीले जनाएको छ। बरामद भएका उक्त सोफी मदिराहरु र गाडि नियन्त्रणमा लिई गौर भन्सार कार्यालयमा राखिएकाे साथै भन्सार बझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *