रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहट क्षेत्र नं. १ का ७ वटा स्थानीय निकायलाई स्वास्थ्य उपकरण बितरण गरेका छन् ।
अध्यक्ष नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका र गरुडा नगरपलिकालार्ई एक–एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् ।
प्रति वटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मूल्यका सामाग्रीहरू एक करोड ९ लाख ५ हजार ६ सय ७४ रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् ।
हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताइएको छ । हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुनभित्र ट्यावलेट आकारको एक्सरेसहित मनिटर एक थान, प्रिन्ट एक थान, प्रोव एक थान र भिडियो एक्स रे मेसिन झोलामा बोकेर प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिने खालको भएको बताइएको छ ।
यो मेसिन विशेषगरि गर्भवती महिलालाई लक्षित गरेर बनाइएको भएपनि अन्य बिरामीलाई पनि प्रयोग गर्न सकिने स्वास्थ्यकर्मी सुरेन्द्र ठाकुरले बताए ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सकिए लगत्तै रौतहट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अध्यक्ष नेपालले स्वास्थ्य, शिक्षा तथा विभिन्न क्षेत्रमा समुदायको आवश्यकतालाई महसुस गर्दै सहयोग सुरुवात गरेको बताए ।
उक्त कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रकाशकीय अधिकृतहरु र क्षेत्र–१ का प्रदेशसभा सदस्य नागेन्द्र शाह र ख का प्रदेशसभा सदस्य कृष्णा यादव तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको मधेस प्रदेश अध्यक्ष एवं स्वास्थ्य मन्त्रालयमा कार्यरत सुरेन्द्र ठाकुरको उपस्थिति थियो ।