Sunday, July 21
Shadow

हेम्जामा जीप दुर्घटनाग्रस्त, १ जनाकाे मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा जीपमा सवार म्याग्दीको मंगला गाउँपालिका–१, मजुलाका ४७ वर्षीय गजेन्द्र पुन र तनहुँ घर भई पोखरा–१०, शिवचोक बस्दै आएकी ३७ वर्षीया वसन्ती मगर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मगरको मृत्यु भएको जनाइएको छ ।

गए राति करिब सवा १ बजे ग२च २६८४ नम्बरको जीप अनियन्त्रित भई सडकछेउको विद्युत्को पोलमा ठोक्किएको थियो । चालक फरार रहेकाले खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *