Sunday, July 21
Shadow

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

राजीनामा दिनु अघि नै प्रभाकर स्वदेश फर्किसक्नुभएका भारतीय प्रशिक्षक प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरेको छ । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो।

क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले राजीनामा दिनुभएको हो । प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो ।

यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *