Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा | Sach Tak Nepal
Monday, February 17
Shadow

ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा

प्रेमचन्द्र झा
रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् ।

ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र अस्पताल वनउन आफुले बजेट पनि व्यवस्था गर्ने प्रतिवद्वता गरे ।

मधेश प्रदेश सदस्य शोभादेवी साहका पति रामायण साह तथा उनका दाजु राज हरण साह , वैकुण्ठ साह र शिवजी साह नाममा रहेको सो जग्गा एक हप्ता भित्रमा वडा कार्यालयको नाममा पास गरि भवन वनाउन शुरु हुने प्रदेश सभा सदस्य साहले बताए । सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश सदस्य राम किशोर यादव ,केन्द्रीय सदस्य विवेक यादव जनता समाजवादी पार्टीका महमद कलाम लागायतका नेताले सो जग्गा दान गर्ने कार्यको सराहना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *