Wednesday, January 15
Shadow

सडक दुर्घटनामा एक व्यापारिककाे मृत्यु, निश्पक्ष छानविनकाे माँग गर्दै गरुडाका व्यापारी

राैतहट – एक व्यापारिककाे मृत्यु पछि गरुडा नगरपालिकाका स्थानीयहरु धर्नामा उत्रिएका छन्। प्रहरीका साेमबार बिहान सवारी दुघर्टनामा परि गरुडाका स्थानीय व्यापारी राजनारायण साहकाे मृत्यु भएको हाे ।

प्रहरीले मृत्युकाे कारण अझै स्पष्ट खुलाउन सकेकाे छैन। गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि जयसवालकाे नेतृत्वमा व्यापारिककाे घटना बारे स्पष्ट र निश्पक्ष छानबिन हुनुपर्ने माँग गर्दै स्थानीयहरु धर्नामा उत्रिएका छन्।

फाइल फोटो

प्रहरीले मृत्युकाे कारण सडक दुर्घटना भनेपनि समय, स्थान र सवारी साधन बारे रहस्य खुलाउन सकेको छैन। उच्चस्तरीय छानबिनकाे माँग गर्दै त्यहाँका स्थानीयहरुले २ बजे सम्म धर्ना दिएका हुन् ।

फाइल फोटो

प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको त्यहाँका स्थानीयहरुकाे आरोप छ । उपचारकाे अभावमा
समेत मृत्यु भएको धर्ना दिएका व्यापारीहरुकाे भनाई छ । प्रहरी लापरबाहीकाे रबैया प्रति उनीहरूले दुख व्यक्त गरेका छन ।

यता घटना बारे प्रहरी अनुसन्धान गरि रहेकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रामराजा केसरीले बताउनु भयो ।

प्रहरीले वास्तविक जानकारी नदिए पिडित परिवार स्थानिय व्यापारी छलफल गरि आन्दोलन गर्ने नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले चेतावनी दिएका छन् । सोमबार बिहान मृत्युु भएका व्यापारी साहकाे शव प्रादेशिक अस्पताल गाैरमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

खबर सहयोगी : प्रेमचन्द्र झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *