Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
नमूना मतदान गाैर नगरपालिकामा सम्पन्न | Sach Tak Nepal
Monday, February 17
Shadow

नमूना मतदान गाैर नगरपालिकामा सम्पन्न

राैतहट – मङ्सिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै आज गाैरमा नमूना मतदान सम्पन्न गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय राैतहटको आयोजनामा गाैर नगरपालिकाकाे परिसरमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।

नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्ष र समानुपातिक गरि ४ पटक मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा दिने र मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमुना मतदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताउनुभयो।

नमूना मतदान कार्यक्रममा राैतहटका जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनी र निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दास, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर साथै सञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियो।

फाइल फोटो

नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरूलाई मतपत्रमा स्वस्तिक छाप लगाउने, मतपत्र पट्याउने, चार वटा मतपत्र मध्ये कुनमा पहिले , कुनमा दोस्रो , कुनमा तेस्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने बारेमा सिकाइएकाे निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दासले बताउनु भयो ।

छाेटेलाल दास

सुरक्षा व्यवस्था सहित वास्तविक निर्वाचनको झल्को दिने गरी सम्पन्न नमुना मतदानको नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन पनि गरेको थियो ।

जिल्लामा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो।

प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *