Wednesday, January 15
Shadow

निर्वाचनकाे लागि टेलिकमकाे अफर

काठमाडौं – नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्न निर्वाचन अफर सार्वजनिक गरेको छ ।

एनटिसिका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँमा उपलब्ध छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा तथा अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यो अफर आज (आइतबार) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने बताइएको छ ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा नेपाल टेलिकम एपु प्रयोग गरी यी सुविधा खरिद गर्न सकिने नेपाल टेलिकमले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *