Tuesday, January 21
Shadow

चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर : कटुवा पेस्तोल सहित ६ जना प्रहरीफन्दामा 

प्रेम यादव

रौतहट । जिल्लाको मौलापुर नगरपालिकाकाे एक ठाउँमा जाली नोटको कारोबार गर्दै आएका केही व्यक्तिहरु कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीले आत्मा रक्षाको लागि २ राउन्ड हवाई फायर समेत गरेको हाे ।

प्रहरीलाई बिहीबार करिब ६ बजेको समयमा मौलापुरको एक ठाउँमा जाली नोटको कारोबार भइरहेको खबर प्राप्त भयो । जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी माैलापुर नगरपालिका स्थित सोनरनिया मा पुग्यो । प्रहरी त्यहाँ पुग्दाँ रु १००० को दरले ८७ थान हजारको जाली नोट बरामद गर्यो । साथै घटनास्थलमै भएका ६ जनालाई प्रहरीले भन्दामा पार्यो ।

प्रहरी टोलीले बारा जिल्लाको आदर्श कोतवाल गा.पा ६ बस्ने २५ बर्षीय को सोनु भन्ने आनन्द कुश्वाहा, ४५ वर्षीय की प्रतिमा देवी कुश्वाहा , बर्ष २२ की अमृता कुमारी , १९ को बृज किशोर मुखिया , रौतहट मौलापुर न.पा ७ बस्ने अं. बर्ष २३ को राजाराम साह , देवाही गोनाही न.पा ६ बस्ने अं. बर्ष २० को धिरज प्रसाद जैसवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी (प्रहरी नायब उपरिश्रक) सुनिल मल्लले प्रेश विज्ञप्ति मार्फत जनाएका छन् ।

ईलाका प्रहरी कार्यालय मौलापुरले पक्राउ परेका ६ जना सहित जाली नोटलाई जिल्ला प्रहरी कार्यालय रौतहट पठायो । जसपछि प्रारम्भिक अनुसन्धान गर्दौ जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्ला रौतहट मौलापुर – ७ बस्ने राजाराम साहको घर खानतलासी गर्यो । घर खानतलासी गर्दा साह सुत्ने कोठाको पश्चिम कुनाको भिता माथि लुकाई राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको डिसपी सुनिल मल्लले प्रेश विज्ञप्तिमा उल्लेख गरेका छन् ।

चुनाबको मुखमा मौलापुर नगरपालिकामा नक्कली नोटको कारोबार गर्नेहरु कुनै ठुलैबडाको हात भएको प्रष्टै होलान सबैलाई अवगत भएकै कुरा हो । मानिस, मोटरसाईकल र नक्कली नोट नियन्त्रण गर्न प्रहरीलाई सजिलो कहाँ थियो र ! प्रहरी माथि ढुँगा मुढा प्रहार गर्न थालियो । प्रहरी टोलीले आत्मा रक्षाको लागी पेस्तोलबाट २ राउण्ड हवाई फायर बाट सामना गरे । उक्त घटनामा २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी कर्मचारी घाईते समेत भए ।

यस बिषय बारे रौतहटको प्रहरी कार्यालय, प्रशासन कार्यालय र निर्वाचन कार्यालय समेत गम्भीर हुनुपर्ने देखिन्छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अब केही दिन मात्र बाँकी छ । यसैबिच ढेउवाको चलखेल ले निर्वाचन माथि ठुलो खतरा र जनता यसको शिकार हुने सम्भावन देखिन्छ ।

प्रहरीले सबै नियन्त्रमा लिई खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिएको प्रहरीले जनाएको छ । प्रहरीले ना. ३३ पं. २४५१ नं. को होन्डा साईन र ना. ३ पं. १६८१ नं. को बजाज बक्सर मोटरसाइकल समेत नियन्त्रण लिएको छ । साथै थप अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

( नोट : समाचारमा भनिएको उमेर अन्दाजी हुन्छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
2
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *